विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त

नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरिको निधन दुःखद । उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए,’ नितिश कुमारले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘उनले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेका थिए ।’ 

कांग्रेस नेता गिरिको निधन शनिबार राति भएको हो ।  





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १४:२३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया