जापानका प्रधानमन्त्री किशिदालाई कोरोना संक्रमण
फरकधार / ६ भदौ, २०७९

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई कोभिड–१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 



एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो । खोकी र ज्वरो महसुस गरेपछि उनले आईतबार बिहान पीसीआर परीक्षण गरेका थिए । 

जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश जापान पनि कोभिडबाट प्रभावित छ ।



जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।   



  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार ६:५१:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया