logo-img

मदन भण्डारी लोकमार्गनजिकैको देउराली जंगलमा बम

मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ बँदेलपानी र बेलका नगरपालिका ५ सुपाडे बीचमा पर्ने देउराली जंगलमा कार्टुनमा तार बाँधिएको अवस्थाको शंकास्पद वस्तु फेला परेको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालगायत ४ राजनीतिक पार्टीहरुले गरेको संयुक्त नेपाल बन्दमा शंकास्पद वस्तु बम फेला परेको हो । मदन भण्डारी लोकमार्गमै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए । सडक छेउमा विद्युतको तार जोडिएको कार्टुन भेटिएको वस्तु के हो भन्ने बुझ्न र बम भए डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ पठाइएको बताए ।

सडक छेउमा शंकास्पद वस्तु भेटिएको जानकारी आएलगत्तै नेपाली सेनाको बोक्सेस्थित गणबाट बम डिस्पोजल टोलीले घटनास्थल पठाएका बताए । शंकास्पद वस्तुमा बम वा अन्य विस्फोटक पदार्थ के हो यकिन गर्न टोली परिचालन गरिएको छ ।



विप्लव नेतृत्वको नेकपाले ०७७ फागुन २१ गते तत्कालीन सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको, अमेरिकन परियोजना मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गरेको तथा अमेरिकाकै स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) लागू गर्न खोजेको भन्दै अन्य ३ राजनीतिक दलहरुसँगको सहकार्यमा मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार २१:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया