राष्ट्रपतिले बोलाइन् आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीलाई शीतलनिवास
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीलाई भेटका लागि शीतल निवास बोलाएकी छन् ।

राष्ट्रपति भण्डारीले बुधबार भेटका लागि उनीहरूलाई शीतल निवासमा बोलाएकी हुन् ।

नेपाली सेनासहित राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षा निकायका पूर्व र वर्तमान अधिकारीहरूसँग राष्ट्रपति भण्डारीले भेट गरेकी हुन् ।

राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुन् । राष्ट्रपतिका लागि सेनाको टुकडी परिचालन हुन्छ ।
 
आफूले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पुन: अनुमोदन गरेपछि असन्तुष्ट रहेकी राष्ट्रपति भण्डारी आफ्नो सुरक्षामा खटिएका अधिकारीहरूसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्टपति भण्डारीले यसअघि विभिन्न पेसा व्यवसायका व्यक्तिलाई भेट गरेकी थिइन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १९:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया