logo-img

कांग्रेस नेता मीन विश्वकर्माले भने– बालेनले अराजक गतिविधिलाई बढावा दिए

सत्तारुढ नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहेको विषयमा विश्वकर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सिर्जना गरेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए । उनले भने, ‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँड्नु भएको छ नि हैन, मेयर साब । हाम्रो सिस्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अव भोलीदेखि सबै मेयरहरुले भत्काउँदै हिँडने हो भने त गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयो भने के हुन्छ ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौै ?’

उनले कार्यक्रममा भने, ‘हामीले छलफल यता केन्द्रित नगरेको हो कि ? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौँ । त्यसलाई विधि अनुसार चलाउनु पर्छ । गल्ती गर्नेलाई पत्र काटे भयो । उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भइहाल्यो । यतातिर ध्यान दिन जरुरी छ ।’

विश्वकर्माले गल्ती गर्नेहरुलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासो समेत गरेका छन् । उनले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पु¥याउनेतर्क समेत संकेत गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १८:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया