तीजको मुखमा सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य तीव्र रूपमा ओरालो लागेको छ । हिन्दु महिलाहरूको पर्व तीजको दुई दिनअघिदेखि सुनको मूल्यमा कमी आइरहेको छ । आइतबार र सोमबार दुई दिनमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।  

आइतबार प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार ११:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया