एसिया कप : बंगलादेशविरुद्ध मैदान उत्रदा अफगानिस्तानको नजर सुपर चारमा

यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । समूह ‘बी’ अन्तर्गत आज हुने खेलमा अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल शारजाह क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ मा हुनेछ ।

अफगानिस्तान आज लगातार दोस्रो जित निकाल्दै सुपर चारमा स्थान सुरक्षित गर्ने सोचमा हुनेछ । उसले पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएर सुखद सुरुवात गरेको थियो । 

पहिलो खेल खेल्न लागेको बंगलादेश पनि जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ । इतिहासलाई हेर्ने हो भने बंगलादेशविरुद्ध अफगानिस्तान हाबी देखिन्छ । 

टी–२० अन्तर्राष्‍ट्रियमा यी दुईले हालसम्म नौ खेलमा एक अर्कोको सामना गरेका छन् । जसमा अफगानिस्तानले पाँच तथा बंगलादेशले तीन खेल जित्दा एक खेल वर्षका कारणबिना नतिजा टुङ्गिएको छ ।

यी दुई टिमले सन् २०१४ मा भएको टी–२० विश्वकपमा पहिलोपटक एकअर्काको सामना गरेका थिए । यो खेल बंगलादेशले ९ विकेटले आफ्नो पक्षमा पारेको थियो । यही वर्ष भएको पछिल्लो भेटमा अफगानिस्तान ८ विकेटले विजयी भएको थियो । 

६ टोली सहभागी एसिया कपको समूह  ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।



प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेलेपछि शीर्ष दुई टोली ११ सेप्टेम्बरमा उपाधिका लागि भिड्नेछन् ।  



  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार ११:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया