महाभियोग सिफारिस समितिका सदस्यलाई जबराले डेढ घण्‍टा कुरे

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिका सदस्यलाई डेढ घण्टा कुरेका छन् । 

समितिले बयानका लागि डाकेपछि सिंहदरबारस्थित महाभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टा सांसदहरूलाई कुरेर बसेका थिए ।

बयानका लागि ११ बजे बोलाएको भए तापनि समिति सदस्यहरू समयमै नआउँदा जबराले उनीहरूलाई पर्खेर बस्नुपरेको हो । 

गत १ फागुनमा जबराविरुद्ध सत्तारूढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । त्यसको ६ महिनापछि महाभियोग सिफारिस समिति बनेको हो । 

जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिले बयानका लागि उनलाई बुधबार बोलाएको हो । 

तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । करिब डेढ घण्टाको प्रतीक्षा पछि समितिका सदस्यहरू कार्यालयमा आएका थिए ।



जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । साे बैठकमा जबराकाे बयान पनि सुरु भएकाे छ । 



  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १४:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया