सुदूरपश्चिम प्रदेशसभा अन्त्यका लागि सिफारिस

सुदूरपश्चिम प्रदेश सभाको १०औं अधिवेशन शुक्रबार देखि अन्त्य गर्न सिफारिस गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेशसभाको १०औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित हुन भन्दै सभाको बैठक शुक्रबार अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको हो । प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गराई प्रदेश सभाको बैठक अन्त्य गरिने तयारी गरिएको छ ।

बिहीबार बिहान ८ बजे बैठक बस्ने गरी बैठक अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दबहादुर बोहराले जानकारी दिए । बैठकको अन्त्य अघि प्रदेश सभा सचिवालय प्रांगणमा विशेष समारोहको आयोजना हुन लागेको छ । 

सचिवालयले शुक्रबार पहिलो पाँच वर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम गरिनेछ । सभा सञ्चालन भएको पाँच वर्षमा बिहीबारसम्म ५९ विधेयक प्रदेश सभाबाट पारित भएका छन् ।





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार २१:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया