logo-img

इगा स्विटेक युएस ओपनकाे चाैथाे चरणमा

विश्व नम्बर एक इगा स्विटेक युएस ओपन टेनिस प्रतियाेगिताकाे महिलातर्फ चाैथाे चरणमा प्रवेश गरेकी छन् । पाेल्याण्डकी स्विटेक आज बिहान सम्पन्न खेलमा अमेरिकाकी लरेन डेभिसलाई २–० काे साेझाे सेटमा पाराजित गर्दै चाैथाे चरण प्रवेश गरेकी हुन् ।

आर्थर एस स्टेडियममा स्विटेकले खेल ६-३ र ६-४ ले आफ्नो पक्षमा पारिन् । अब उनले चाैथाे चरणमा जर्मनीकी जुल निमेयरसँग प्रतिस्पर्धा गर्ने छिन् । नियेमर चीनकी छिङवाङ्ग  झेङलाई ६-४ र ७-६ (७-५) हराउँदै चाैथाे चरणमा प्रवेश गरेकी हुन् ।

 त्य‌स्त‌ै, पुरूषतर्फ विश्व नम्बर २ राफेल नाडालले पनि चाैथाे चरणमा स्थान सुरक्षित गरेका छन् । स्पेनका नाडालले आज बिहान फ्रेन्च खेलाडी रिचर्ड गास्केटलाई ३–० काे साेझाे सेटमा हराउँदै चाैथाे चरणमा स्थान सुरक्षित गरेका हुन् ।



नाडालले आर्थर एस स्टेडियममा खेल ६-०, ६-१ र ७-५ ले आफ्नो पक्षमा पारे । अब नाडालले चाैथाे चरणमा अमेरिकाका फान्सिस टाइफाेइकाे सामान गर्नेछन्  । टाइफाेइ अर्जेन्टिनाका डिएगाे स्वार्टजम्यानलाई ७-६ (९-७), ६-४ र-६-४ ले पराजित गर्दै चा‌ैथाे चरण प्रवेश गरेका हुन् ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार ९:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया