आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी

आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्यले गर्दा हैरानी बेहार्नु परेको बताउँछन् । 

चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् ।  जनताको सुरक्षामा खटिने प्रहरी आफैँ समस्यामा पर्दा काम गर्ने मनोबल घट्ने प्रहरीको भनाइ छ । चौकीका लागि भाडामा लिएको घरका सबै कोठाको अवस्था उस्तै छ भने पानी चुहिएपछि कार्यालयका कागजात नचुहिने स्थानमा लगेर सुरक्षित राख्नुपर्ने बाध्यता प्रहरीलाई छ ।  

यारी प्रहरी चौकीका  इन्चार्ज तेजबहादुर ऐरीले माटोले छापेको घर भएका कारण पानी पर्नेबित्तिकै चुहिने गरेको बताए । चौकीमा खटिएका प्रहरी पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने वा स्लिपिङ ब्यागभित्र बस्नुपर्ने बाध्यता रहेका दुखेसो उनले पोखे । बर्सेनि यहाँका प्रहरीले यस्तो समस्य भोग्दै आएको छन् ।  दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा सुरक्षित आवास तथा व्यवस्थापन नहुँदा समस्य हुँदै आएको छ ।

आकाशमा बादल देखिनेबित्तिकै फोन सम्पर्कसमेत नहुने गरेको प्रहरीको गुनासो छ । सीमा क्षेत्रमा भाषाको समेत उत्तिकै समस्या रहँदै आएको छ । यहाँ मात्र होइन, हिमाली क्षेत्रम रहेक अधिकांश प्रहरी चौकी तथा अन्य सरकारी कार्यालयको अवस्था नाजुक रहेको छ । सरकारी उपस्थिती समेत कम हुँदै आएको छ । 

जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा २५ प्रहरी इकाइ छन् । तर, अधिकांश प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या भएको छ । भाडाका १४ प्रहरी चौकीमध्ये अधिकांश भवनमा पानी चुहिने र जीर्ण छन् ।

भाडाका घरमा हुँदा प्रहरी चौकी नै असुरक्षित भएको जिल्ला प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।  भाडाको घरमा हुँदा प्रहरी कर्मचारीले सास्ती व्यहोर्दै सेवा प्रवाह गरिरहेका छन् । भवन अभावमा अधिकांश चौकीलाई कार्यालय व्यवस्थापन गर्न समस्या भएको छ ।



एउटै घरमा कार्यालय र ब्यारेक हुँदा सर्वसाधारणलाई सुरक्षा दिन पनि समस्या भएको छ । भाडाको नाममा मासिक करिब ५ लाख रुपैयाँसम्म खर्च भइरहेको प्रहरीको भनाइ छ । केही भवनको भाडा जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी भएको छ । केही ठाउँमा गाउँपालिकाले व्यहोरिरहेको छ । 



  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार ११:३७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया