चेल्सी च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित

इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेलमै पराजित भएको छ । चेल्सी गएराति समूह ‘इ’ को खेलमा क्रोएसियन क्लब डिनामो जाग्रेबसँग १–० ले पराजित भएको हो ।

घरेलु मैदान स्टेडियोन माक्सिमिरमा खेलको १३ औं मिनेटमा मिस्लाभ ओर्सिचले गरेको एक मात्र गोल जाग्रेबलाई जित दिलाउन पर्याप्त बन्यो । उनले ब्रुनो पेटकोभिचको पासलाई सदुपयोग गरेका थिए ।

यो जितसँगै जाग्रेबले ३ अंक जोड्दा चेल्सीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यहि समूहको अर्को खेलमा इटालीको एसी मिलान अस्ट्रियन क्लब आरबी साल्जबर्गसँग १–१ को बराबरीमा रोकिएको छ । 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार ६:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया