लमजुङ अस्पतालमा जेष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क उपचार
फरकधार / २५ भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

जिल्ला अस्पताल लमजुङको नवनियुक्त व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङ साथै सदस्यहरू मोहन बहादुर थापा र वसन्त बहादुर (वासुदेव) थापाले पदभार ग्रहण गरेका छन् । 



समितिको पहिलो बैठकले सेवा सुविधा बढाउनुका साथै कतिपय उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । अप्रेसन थिएटर सेवा सम्बन्धमा माइनर ड्रेसिङ सेवा, जेष्ठ नागरिक, अपांगता भएकाहरूलाई निःशुल्क उपचार गरिने निर्णय गरेको छ । साथै जेष्ठ नागरिक र अपांगता भएकाहरूका लागि छुट्टै टिकट कक्ष स्थापना गर्ने निर्णयसमेत भएको छ । 



आम सेवाग्राहीले हालसम्म टिकटमा तिर्दै आएको २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ कायम गरिएको छ । इमर्जेन्सी टिकट एक सय रुपैयाँ लिँदै आएकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गरिएको छ । 



माइनर ड्रेसिङमा एक सय रुपैयाँ लिइएकोमा त्यसलाई पूर्ण निःशुल्क गरिएको छ । मध्यम खालको ड्रेसिङ गर्दा १ सय ५० रुपैयाँबाट घटाएर सय रुपैयाँ कायम गरिएको छ । साथै जटिल (मेजर) ड्रेसिङ गर्दा लाग्ने २ सय रुपैयाँबाट घटाएर एक सय ५० कायम गरिएको छ ।







  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १८:२७:४२,   अन्तिम अपडेट : भदौ २५, २०७९ शनिबार १८:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया