नेपाल खेलकुद महासंघले सिफारिस गर्यो तीन समानुपातिक उम्मेदवार

नेकपा एमालेसम्बद्ध नेपाल खेलकुद महासंघले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तीन उम्मेदवार प्रतिनिधिसभा समानुपातिकका लागि सिफारिस गरेको छ ।

नेकपा एमालेले आफ्ना जनवर्गीय संगठनहरुलाई प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गर्न गरेको निर्देशनअनुसार नेपाल खेलकुद महासंघले तीन उम्मेदवार सिफारिस गरेको हो । 

नेपाल खेलकुद महासंघले अछाम निर्वाचन क्षेत्रबाट येकेन्द्रबहादुर कुँवर, नुवकोट २ बाट रामकृष्ण खड्का र ओखलुढुंगाबाट थलु राजभण्डारीलाई समानुपातिकमा सिफारिस गरेको हो । 

‘पार्टीको निर्देशनअनुसार हामीले नेपाल खेलकुद महासंघबाट तीन युवालाई समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेका छौँ,’ नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम)ले बताए, ‘उहाँहरुलाई समानुपातिक सूचीमा पार्टीले राख्दा खेलकुद तथा युवा क्षेत्रलाई न्याय हुने विश्वास लिएका छौँ ।’

बस्नेत स्वयं यसपटक प्रदेशसभा निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र ६ (ख)बाट प्रत्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । केही दिनअघि उनको नाम मोरङ एमालेले एक नम्बरमा सिफारिस गरेको थियो ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार २०:१२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया