logo-img

सिरी ‘ए’ मा इन्टर मिलानको साँघुरो जित

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा इन्टर मिलान विजयी भएको छ । ऊ घरेलु मैदान सान सिरोमा टोरिनोविरुद्ध १–० ले विजयी भएको हो ।

निकै रोमाञ्चक बनेको खेलमा इन्टरलाई जित दिलाउन मार्सेलो ब्रोजोभिचले निर्णायक गोल गरे । उनले खेलको ८९ औं मिनेटमा निकोलो बरेलाको पासलाई सदुपयोग गर्दै इन्टरलाई १–० को साँघुरो जित दिलाएका हुन् ।

जितसँगै ६ खेलमा १२ अंक जोडेको इन्टर चौथो स्थानमा रहँदा पराजित टोरिनो समान खेलबाट १० अंकका साथ सातौँ स्थानमा छ । 



लिगअन्तर्गतकै अन्य खेलमा नापोलीले स्पेजियालाई १–० तथा एसी मिलानले साम्पडोरियालाई २–१ ले पराजित गरे । 





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार ८:८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया