प्रधानमन्त्री देउवासँग ली चान्सुको भेटवार्ता

जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालको चार दिवसीय औपचारिक भ्रमणमा रहेका लीले प्रधानमन्त्रीसँग सिंहदरबारमा भेट गरेका हुन् । 

भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार उनीहरुबीच नेपाललाई चीनले गरेको सहयोगका बारेमा पनि छलफल भएको थियो । 

ली चान्सुले बुधबार राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १८:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया