logo-img

नेपाल–भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिने

नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् । मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा सम्पन्न नेपाल–भारत विदेश मन्त्री स्तरीय बैठकमा उक्त सहमति भएको हो । 

बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र भारतीय विदेश सचिव विनय मोहन क्वात्रा सहभागी थिए । 

‘उनीहरुबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमा नाका बाँकी कामहरू पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 



बैठकमा उनीहरुबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनताबीचको सम्बन्धलगायतका विविध क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

दुवै देशका परराष्ट्र सचिवले विद्युत् क्षेत्र, प्रसारण लाइन निर्माण, रेलवे कनेक्टिभिटी, आईसीपी निर्माण, पुल र अन्य महत्वपूर्ण पूर्वाधार लगायतका विभिन्न क्षेत्रमा भएको प्रगतिमा सन्तोष व्यक्त गरेका थिए ।

बैठकमा मल आपूर्ति, गहुँ, चिनी, धान र चामल निकासीमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि छलफल भएको थियो । 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ११:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया