निलम्बित प्रधानन्यायाधीश राणाले प्रयोग गरेका तुच्छ शब्द हटाउन शम्भु थापाको माग

वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश र वकिलप्रति तुच्छ शब्द प्रयोग गरेको भन्दै त्यसलाई हटाउन माग गरेका छन्।

पूर्वन्यायाधीश समाजले बुधबार गरेको कार्यक्रममा बोल्दै उनले महाअभियोग सिफारिस समितिमा बयानकाक्रममा राणाले पूर्वन्यायाधीश समाज र त्यसका पदाधिकारीमाथि प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गरे । समितिले ती शब्दहरू हटाउने निर्णय गर्न उनले आग्रह गरे।

थापाले महाअभियोग मुद्दा भएकाले यसको फैसला हुनुपर्नेमा समेत जोड दिए। 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार २१:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया