नेपाल टि–२० लिग सर्यो, अब डिसेम्बरमा हुने

आगामी  २४ सप्टेम्बर देखि २२ अक्टोबर (८ असोज देखि ५ कार्तिक)सम्मका लागि तय भएको नेपाल टी–२० लिगको पहिलो संस्करण निर्धारित मितिमा नहुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार गृह मन्त्रालयको निर्देशनअनुसार लिग निर्धारित मितिमा नभई अब डिसेम्बरमा हुने बताएको हो ।

‘२४ सेप्टेम्बरबाट हुने भनिएको नेपाल टी–२० गृह मन्त्रालयको निर्देशन अनुसार डिसेम्बरमा सारिएको छ,’  क्यानले भनेको छ । क्यानले नयाँ मिति भने तय गरको छैन ।

गृह मन्त्रालयले प्रतियोगिताको पूर्वनिर्धारित समयमा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका विभिन्न कार्यक्रम हुने भएकाले सुरक्षा प्रदान हुन नसक्ने भन्दै प्रतियोगिता सार्न क्यानलाई निर्देशनात्मक पत्र पठाएको थियो ।

पहिलो संस्करणमा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि ड्राफमार्फत टोलीले खेलाडी अनुबन्ध पनि गरिसकेका छन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार २१:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया