संसदीय सुनुवाइका लागि तीन प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीन जनाविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरेर न्यायाधीशमा सिफारिस नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीविरुद्ध सात दिनभित्र उजुरी दिन भनेको हो ।

न्यायपरिषद्को‍ २१ भदौको बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्तालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सिफारिस गरिएकाहरूलाई ‘न्यायाधीशमा नियुक्ति गर्नु ठिक छैन भन्ने कसैलाई लागेमा कार्यालय समयभित्र ७ असोजभित्र उजुर दिन’ भनेको छ ।

न्यायपरिषद्‍ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार ८:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया