काठमाडौं महानगरपालिकामा आजदेखि सार्वजनिक स्थानमा धुम्रपान निषेध

काठमाडौं महानगरपालिकामा आजदेखि सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको छ । महानगरले गरेको निर्णय अनुसार आजबाट सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गरिएको हो । 

महानगरको ११ औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको थियो । सोही नीतिअनुरुप आजबाट सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो । 

महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ । महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिए बमोजिमको जरिमानासमेत हुने छ । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १०:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया