logo-img

जनकपुरधाममा लोसपाका नेता कार्यकर्ताहरूले जलाए राष्ट्रपति भण्डारीको पुत्ला

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता कार्यकर्ताहरूले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् ।  

दोस्रोपटकमा पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै लोसपाका नेता कार्यकर्ताहरूले स्थानीय भानुचोकमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन् । 

लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिको असंवैधानिक कदमकाविरुद्ध आफूहरूले उनको पुत्ला जलाएको बताए । उनले राष्ट्रपति भण्डारीले संविधानलाई अवज्ञा गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जिकिर गरे ।



लोसपाका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीको राजीनामासमेत माग गरेका छन् । 

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरू बुधबारदेखि नै आन्दोलित भएका छन् । यसअघि लोसपाको नेता कार्यकर्ताहरूले बुधबार स्थानीय पिडारीचोकमा चक्काजाम गरेका थिए । 

प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटकमा पनि प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ ।





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १८:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया