समर्थकको फोन खोसेर फालेको घटनामा रोनाल्डो दोषी देखिएको आरोप

फुटबल संघले इंग्लिस क्लब म्यनचेस्टर युनाइटेडका पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई समर्थकको हातबाट फोन खोसेर फालेको घटनामा दोषी देखिएको आरोप लगाएको छ ।

अप्रिलमा एभर्टनमा १–० को हारपछि मैदान छोड्दा उसले समर्थकको फोन तोडेको दाबी गर्दै विभिन्न टिप्पणीहरूसँगै एक भिडियो सोशल मिडियामा सेयर गरिएको थियो । ३७ वर्षीय रोनाल्डोले पछि सामाजिक सञ्जालमा माफी मागेका थिए । उनलाई प्रहरीले अगस्टमा भएको घटनाबारे सचेत गराएको थियो ।

‘अन्तिम व्हिसल पछि फरवार्डको आचरण अनुचित र हिंसात्मक भएको आरोप लगाइएको छ,’एफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ । युनाइटेडले आरोपको जवाफमा रोनाल्डोलाई समर्थन गर्ने बताएको छ ।

घटना पछि एक इन्स्टाग्राममा रोनाल्डोले भनेका थिए,‘हामीले सामना गरिरहेको जस्तो कठिन क्षणहरूमा भावनाहरूसँग सामना गर्न कहिल्यै सजिलो थिएन । यद्यपि, हामीले सधैं आदर, धैर्यता र सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि उदाहरण प्रस्तुत गर्नुपर्छ ।’

‘म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र सम्भव भएमा,म ती समर्थकलाई निष्पक्ष खेल र खेलकुदको संकेतको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु।’

यो एक कल्पना नगरिएको केस हो जुन रोनाल्डो जतिको खेलाडीलाई सुहाउँदैन,त्यसैले उनले आरोप स्वीकार गर्छन् कि गर्दैन भन्नेमा सबैको नजर छ । 



यसको परिणाम चेतावनी देखि निलम्बन सम्म जे पनि हुन सक्छ । टोटेनह्यामका एरिक डियरलाई दुई वर्षअघि परिवारका सदस्यसँग झगडा गरेका समर्थकको सामना गर्न स्ट्यान्डमा गएपछि चार खेलको प्रतिबन्ध लगाइएको थियो । 



  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १५:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया