चेक रिपब्लिकविरुद्ध पाेर्चुगलकाे शानदार जित

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा पाेर्चुगल विजयी  भएकाे छ । ऊ लिग`ए´अन्तर्गत समूह दुईकाे खेलमा घरेलु टाेली चेक रिपब्लिक विरुद्ध ४–० ले विजयी भएकाे हाे ।

सिनाेबाे स्टेडियममा पार्चुगललाई फराकिलाे जित दिलाउन डिएगो डालाेटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगाे जाेटाले एक/ एक गाेल गरे ।

खेलकाे २३ औं मिनेटमा डालाेटकाे गाेलमार्फत पाेर्चुगलले अग्रता लिएकाे थियाे । ​पहिलाे हाफकाे थप गरिएकाे समयमा फर्नान्डेसले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

थप गरिएकै समयमा प्याट्रिक सिक पेनाल्टीमा चुक्दा चेक रिपब्लिकले गाेल अन्तर कम गर्ने अवसर गुमाएकाे थियाे ।

५२ औं मिनेटमा डालाेटले व्यक्तिगत दोस्रो गाेल गर्दा पाेर्चुगल ३-० ले अघि बढ्याे । ८२ औं मिनेटमा जाेटाले गाेल गर्दै टाेलीलाई ४-० काे फराकिलाे जित दिलाए ।

जितसँगै पाँच खेलमा १० अंक जाेडेकाे पाेर्चुगल शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक समान खेलबाट चार अंकका साथ पुछारमा छ ।



लिगअन्तर्गतकै अन्य खेलमा साइप्रस र सर्वियाले पनि जित हात पारेका छन् ।



  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ७:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया