समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचीलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । 

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बाँस्कोटाले भनेका छन्, ‘यसको मर्म समावेशीता हो । कमवेसी अपवाद, मूलरूपमा यो डाडुपन्यु टिमको इच्छावेशीता हो ।’

उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन् ।

‘समयमै पार्टीहरूले ३३ प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैँसीका अघि वीरही भाकामा वीन नबजाऊ, मित्रजन !,’ उनले लेखेका छन् ।





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १०:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया