logo-img

दुई महिनामा पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात
फाइल तस्बिर

चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको हो । 

सो अवधिमा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ८ करोड ६८ लाख ६८ हजार ११८ लिटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको छ । 

विभागका अनुसार गत साउन र भदौ महिनामा ९ अर्ब ८ करोड ५४ लाख २३ हजार रुपैयाँको ४ करोड २ लाख ६७ हजार २८३ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ । सोही समयमा विभिन्न देशबाट ६ अर्ब ६१ करोड ७० लाख २९ हजार रुपैयाँको ३ करोड ६६ लाख ८० हजार ५२४ लिटर कच्चा पाम तेल नेपालमा आएको छ । 



यस्तै, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ अर्ब ३३ लाख ९५ हजार रुपैयाँको ९९ लाख २० हजार ३११ लिटर कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ । 

विभागका अनुसार अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, रुस, युक्रेन लगायतका देशबाट नेपालमा कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरेको छ ।  





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार ११:५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया