एमाले सैद्धान्तिक विचलनमा परेकोले परित्याग गरेँ : गंगााराम यादव

नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए ।  एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै देशमा नागरिकलाई नागरिकबाट बञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकता साथ दिएन र पार्टी परित्याग गरेको छु ।’ 

उनी कुन पार्टी जाने विषयमा अहिले खोल्न चाहेनन् । स्रोतका अनुसार उनी १२ असोजमा धनुषामा हुने पार्टी प्रवेश कार्यक्रममा विधिवत रूपमा जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।  
  





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १३:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया