राजनीतिक दुर्घटना हुन नदिन दलहरू सचेत हुन आवश्यक : निधि
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताएका छन् । 

नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताए । १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाइ राजनीतिक दलहरूले गर्नुपर्ने बताए ।

 नेता निधिले नेपालको मात्रै नभई विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवर्द्धनका लागि गान्धी विचारधारा सबैभन्दा उत्तम बाटो भएको तर्क समेत गरे । आलोचकहरु पनि आज विश्वभर गान्धी र गान्धी विचारबाट प्रभावित हुँदै गएको उनको भनाई थियो । 

‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्याएका छौँ । यहाँ पनि बेलाबखतमा सुनिन्छ–दुर्घटना हुन्छ, के हुन्छ भनेर । हामी सबै सचेत हुनुपर्दछ । नेपाली जनता नेपालमा परिवर्तनको पक्षमा, परिवर्तनलाई जोगाउनका लागि र परिवर्तनको सदुपयोग गरेर यसलाई अझै राम्रो दिशामा लगेर देश र जनताको हितमा काम गर्नका लागि अव सचेत भइसकेका छन्,’ कार्यक्रममा उनले भने, ‘हामी त्यसका लागि सधैँ सचेत रहनु पनि पर्दछ । र, अगुवाइ पनि गर्नुपर्दछ । र, अन्तर्राष्ट्रिय स्तरमा पनि आज गान्धी विचारधाराको जरुरी छ । ढिलै भए पनि अव गान्धी र गान्धीको बाटोलाई संसार भरी सम्झिन थालिएको छ । त्यही नै बाटो उत्तम बाटो हो भनेर संसारमा शान्ति र समृद्धिका लागि, मानव अधिकारको लागि, मानव सभ्यताको विकासको लागि भन्नेतिर अव जो गान्धी विचारधाराबाट सहमत थिएनन् । त्यो सोसाइटी पनि अव त्यतातिर ध्यान दिन थालेको छ ।’





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार १६:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया