एक थान चुनावी सिटका लागि कित्ता परिवर्तन गर्नु फगत व्यापार : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीति पातालतिर धसिँदै जानु दुःखद भएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले एक थान सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको बलिदानीलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्न राजनीतिलाई व्यापारमा झार्नु नै भएको टिप्पणी गरेका हुन् ।

भट्टराईले अवसरवादको अँध्यारोमा निष्‍ठाको जुनकिरी बन्ने साहस गर्न पनि आग्रह गरेका छन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो,’ उनले ट्विट गरेका छन् । 

जनता समाजवादीबाट अलग भएर नेपाल समाजवादी पार्टी खोलेका उनले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।  





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार ७:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया