एसियन कप छनोट: पहिलो जितको खोजीमा नेपाल

भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेको सामना गर्दैछ । 

खेल फु थोस्थित भियत त्रि स्टेडियममा दिउँसो पौने ३ बजे सुरु हुनेछ । ताइपेविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा छ ।

समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अंक विहीन छन् । दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुवै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ । नेपाल यसअघि थाइल्यान्डसँग ३–० र आयोजक भियतनामसँग ५–० ले  पराजित भएको थियो ।

नेपाल समूहको पुछार तथा ताइपे तेस्रो स्थानमा छन्  । ताइपे पनि भियतनामसँग ४–० र थाइल्यान्डसँग ३–१ ले पराजित भएको थियो । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहँदा थाइल्यान्ड पनि समान अङ्कका साथ दोस्रो स्थानमा छ ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार ८:५७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया