logo-img

कर्णाली नदीले पार गर्‍यो खतराको तह

अविरल वर्षापछि आएको बाढीका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । चिसापानीस्थित जलमापन केन्द्रकी गेजरिडर पार्वती गुरुङका अनुसार अपराह्न ५ बजेको मापन अनुसार कर्णालीमा पानीको सतह ११ दशमलव १० सेन्टिमिटर पुगेको छ । 

पाँच दिनदेखि निरन्तर भइरहरेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेको हो । कर्णालीमा १० मिटरको तहलाई सचेत सतह मानिन्छ र १० दशमलव ८० मिटरलाई खतराको सतह मानिन्छ । यसअघिको वर्षामा ११ नपुगेको उनको भनाइ छ ।

सहायक नदीहरू सेती, बुढीगंगा, तीला कर्णाली, भेरी लगायत नदीहरूमा पानीको सतह बढेका कारण तटीय क्षेत्रमा नदीको सतह बढेको हो ।







  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार २२:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया