मलेसियाका प्रधानमन्त्रीले गरे संसद विघटन

मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । मध्यावधि निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विघटन गरेका हुन् । निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको मिति घोषणा गरिने बताइएको छ । नोभेम्बरमा निर्वाचन हुने अनुमान गरिएको छ । संसदको कार्यकाल अर्को वर्षको सेप्टेम्बरसम्म थियो । तर इस्माइलले संसद भङ्ग गर्न र प्रारम्भिक चुनावमा बलियो जनादेश प्राप्त गर्न आफ्नो युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) पार्टी भित्रबाट तीव्र दबाबको सामना गर्नु परेको थियो ।

टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै याकोबले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको जानकारी दिएका छन् ।  ‘हिजो मैले राजालाई भेटे । संसद विघटन गर्न मैले उनको अनुमति लिए । र, संसद विघटन गर्न राजा राजी हुनु भयो,’ इस्लामीले एक टेलिभिजन सम्बोधनमा भने ।

सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित घटनाक्रम भएका र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ । 





  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार ८:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया