नेपाल राष्ट्र बैंकले आज बुधबार अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ १ पैसा निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ५५ पैसा र बिक्रीमा १२८ रुपैयाँ १३ पैसा छ भने युके पाउन्ड स्टर्लिङ खरिदमा १४५ रुपैयाँ २७ पैसा र बिक्रीमा १३५ रुपैयाँ ९३ पैसा छ ।
त्यस्तै स्वीस फ्र्याङ्क एकको खरिद मूल्य १३१ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९७ पैसा र बिक्री दर ९५ रुपैयाँ ४० पैसा छ भने सिङ्गापुरे डलर एकको खरिद मूल्य ९१ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ ७६ पैसा छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीमा ९ रुपैयाँ ६ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३१ पैसा र बिक्री दर १८ रुपैयाँ ३९ पैसा र साउदी अरेवियन रियाल एकको खरिद दर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १३ पैसा रहेको छ । त्यसैगरी, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।