नक्कली दन्तचिकित्सक पक्राउ

नक्कली चिकित्सकको आरोपमा प्रहरीले सुर्खेतमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका–१ घर भएका २२ वर्षीय डिलबहादुर महतरा रहेका छन् ।

दाँत दुखेको समस्यामा उक्त दाँतसहित अर्को दाँत पनि निकाल्दिएपछि एक बिरामीले उनका विरुद्व प्रहरीका नक्कली चिकित्सक भएको जनाउँदै उजुरी दिएका थिए ।

वीरेन्द्रनगर–६ मा उनी आफैँले सञ्चालनमा ल्याएको समाज डेन्टर केयर क्लिनिकमा एक महिला दाँतको उपचारका लागि पुगेकी थिइन् । दाँत दुखेको समस्या लिएर पुगेकी उनले महतराको सुझाबअनुसार दुखेको दाँत फाल्ने निधो गरिन् । तर, महतराले भने दुखेको दाँतसँगै अर्को पनि दाँत निकालिदिए ।

सो पछि दाँतबाट अत्यधिक रक्तश्राव हुन थालेपछि भने महिलालाई महतरा चिकित्सक भए–नभएकोबारे शंका लाग्यो । सोपछि उनले प्रहरीमा सो विषयमा उजुरी दिइन् ।

क्लिनिक सञ्चालक महतराले प्रहरीसँग आफूले दाँत सम्बन्धीअध्ययन नगरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले बताए । 

प्रहरीले उनीविरुद्व ‘इलाजसम्बन्धी कसुर’मा मुद्दा चलाउने तयारी गरिरहेको छ ।





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १८:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया