नवौं राष्ट्रिय खेलकुदः हाइजम्पमा आर्मीलाई दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको हाइजम्पमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई स्वर्ण हात पारेको छ । आर्मीलाई पुरुषतर्फ सूर्य बहादुर खत्रीले तथा महिलातर्फ खगिता सिंजाली मगरले स्वर्ण पदक दिलाएका हुन् 

पोखरा रंगशालामा आइतबार सुर्यले १.९० मिटर जम्प गर्दै स्वर्ण पदक जिते । १.७५ मिटर जम्प गरेका बागमती प्रदेशका निकेश महतोले रजत तथा नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर जम्प गर्दै कास्य पदक हात पारे ।

पोखरा रंगशालामै खगिताले १.५२ मिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् । यस्तै,आर्मीकै विन्दु थनेतले १.५० मिटर जम्प गर्दै रजत तथा गण्डकी प्रदेशकी सिमा श्रेष्ठले १.४१ मिटर जम्प गर्दै कास्य पदक हात पारे । 





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १२:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया