कांग्रेस नेता भुसालले लिए उम्मेदवारी फिर्ता, झाँक्रीलाई राहत

प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्री उम्मेदवार छिन् । 

उनीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

आफ्ना पार्टीका कार्यकर्ताले कांग्रेसको नेता बन्नुपर्ने व्यक्ति स्वतन्त्र उम्मेदवार हुनुले पीडा व्यक्त गरेको कारण आफूले उम्मेदवारी निस्क्रिय बनाएको बताए । गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई नैतिक समर्थन गर्दै भुसालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट गुल्मी २ मा नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीलाई उम्मेदवार बनाएपछि भुसालले नेपाली कांग्रेसको मत रक्षाका लागि भन्दै उम्मेदवारी दर्ता गराएका थिए । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १९:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया