अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च विन्दु हो । यसअघि बुधबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा कायम भएको थियो । यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको थियो । बुधबारको तुलनामा बिहीबार डलरको भाउ १ रुपैयाँ ०६ पैसाले बढेको हो ।
त्यस्तै, आज युरोको बिक्रीदर १३० रुपैयाँ २४ पैसा छ भने खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ ।
पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ ।
यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ । डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।