logo-img

नवौं राष्ट्रिय खेलकुदमा आर्मी  च्याम्पियन

गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी आठौं संस्करणको राष्ट्रिय खेलकुदको समेत विजेता टोली हो ।

पहिलोपटक प्रदान गरिएको रनिङ शिल्ड ट्रफी उचाल्ने क्रममा आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्यसहित ३७१ पदक हात पार्यो ।

दोस्रो स्थानको नेपाल एपिए क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदकसहित कुल २ सय १९ पदक जित्दा तेस्रो स्थानमा रहेका नेपाल पुलिस क्लबले  पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य सहित कुल १९५ पदक हात पार्यो ।

घरेलु टोली गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित कुल १२० पदक जित्दै चौथो तथा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक सहित कुल १४५ पदक जितेर पाँचौं स्थान हासिल गरे ।

छैटौं स्थानमा रहेको प्रदेश १ ले १० स्वर्ण, २३ रजत, ५० कास्य सहित कुल ८३ पदक जित्दा सुदूरपश्चिम प्रदेश १०  स्वर्ण,१० रजत ४३ कास्य सहित कुल ६३ पदकका साथ सातौं स्थानमा रह्यो ।

 गैह्रआवसिय नेपाली संघ (एनआरएनए) १० स्वर्ण, ९ रजत र ७ कास्य पदक सहित २६ पदक जितेर आठौं तथा लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य सहित ६८ पदक जितेर नवौं स्थानमा रहे ।



त्यस्तै, दशौँ स्थान हासिल गरेको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य सहित कुल ३९ पदक तथा पुछारको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत, १२ कास्य पदक सहित कुल १८ पदक जिते ।



  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १८:४४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया