घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार ११:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया