\
फ्रेन्च लिग वानअन्तर्गत गएरातिकाे खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेकाे छ । उसले घरेलु टाेली अजाक्सियाेविरुद्ध ३-० काे सहज जित हात पारेकाे हाे ।
स्टेड फ्रान्काेइस काेटीमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले २ तथा लियाेनल मेस्सीले १ गाेल गरे ।
खेलकाे २४ औं मिनेटमा एम्बाप्पेकाे गाेलमार्फत पिएसजीले अग्रता लिएकाे थियाे । ७८ औं मिनेटमा मेस्सीले टाेलीकाे अग्रता दाेब्बर बनाए ।
८२ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गाेल गरेपछि पिएसजीले ३-० काे सहज जित निकाल्यो ।
याे जितसँगै १२ खेलमा ३२ अंक जाेडेकाे पिएसजी शीर्ष स्थानमा कायम रहँदा पराजित अजाक्सियाे समान खेलबाट ८ अंकका साथ १८ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।