logo-img

फेसबुकले निस्क्रिय बनाइदियो फेसबुक ग्रुप एमआरआरलाई

नेपाली युवाहरुको ठूलो संख्याले फलाले गरेको एमआरआर (मेन्स रुम रिलोडेड) ग्रुपलाई फेसबुकको कम्पनी मेटाले निस्क्रिय बनाइदिएको छ । 

कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै फेसबुकले यो ग्रुपलाई निस्क्रिय बनाइदिएको हो । 

तर, एमआरआरका एडमिनले कुन पोस्टका कारण फेसबुकको कम्युनिटी गाइडलाइन्स उल्लंघन भएको भन्ने खुलाएका छैनन् । फेसबुकमा एडमिनले नै आफ्नो ग्रुप फेसबुकले निस्क्रिय बनाइदिएको जानकारी चाहिँ दिएका छन् ।

पछिल्लो समय राजनीतिक पोस्टहरु पनि हुन थालेको यो ग्रुप यसअघि पनि बारम्बार विवादमा आउने गरेको थियो । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौंका मेयर बालेन्द्र साहको पक्षमा यो ग्रुपमा अत्यधिक धेरै पोस्टहरु हुने गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार ९:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया