के ट्विटरमा भेरिफिकेसनका लागि अब पैसा लाग्ने हो ?

माइक्रो ब्लगिङ साइट ट्विटरमा आज विहानैबाट एउटा विषयले निकै चर्चा पाएको छ । ट्विटरमा भएका एकाउन्टहरु भेरिफिकेसन (नीलो टिक मार्क)का लागि ट्विटरले पैसा लिने योजना बनाएको भन्दै विभिन्न चर्चा सुरु भएका हुन् । 

द भर्ज नामको मिडियाले त ट्विटर किनेपछि इलन मस्कले आफ्ना कर्मचारीलाई यसका लागि डेडलाइन दिइसकेको समेत उल्लेख गर्दै एक रिपोर्ट बनाएको छ ।

ट्विटरमा नीलो टिक मार्क पाएकाहरुसँग मासिक रुपमा ४.९९ अमेरिकी डलर लिने र नयाँ फिचरहरु उनीहरुलाई दिने विषयमा छलफल भएको द भर्जले लेखेको छ ।

त्यस्तै, नयाँ भेरिफिकेसन गर्न चाहनेहरुका लागि ट्विटरले १९.९९ अमेरिकी डलर पैसा लिने कुरा उल्लेख गरिएको छ । यो योजनाअनुसार नीलो टिक मार्क पाएकाहरुलाई ९० दिनको समयसीमा दिने विषयमा पनि ट्विटरमा छलफल भएको बताइएको छ ।

एक वर्षअघि यो नीलो टिक मार्क दिने प्रक्रिया ट्विटरले सुरु गरेको थियो । तर, यस विषयमा ट्विटरले आधिकारिक रुपमा केही बताएको छैन । विश्व धनाढ्य एलन मस्कले ट्विटर किनेपछि यसबारे अनेक परिवर्तन हुन सक्ने चर्चाहरु चलेका छन् । उनले ट्विटरको खरिद प्रक्रिया सकाएको दिनमा नै अब चरा स्वतन्त्र भयो भनेर ट्विट गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १०:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया