केपी ओली भन्छन् - निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ
फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आउँदो निर्वाचनमा देशमा परिवर्तन चाहने शक्तिको जीत हुने बताएका छन् । देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको भन्दै उनले निर्वाचनमार्फत त्यो पूरा हुने बताए । 

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले सोमबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका–३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्बोधन यस्तो बताएका हुन् । 

उनले  मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताए । अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी ( जसपा) को सरकार बन्ने उनको दाबी छ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १५:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया