logo-img

सशस्त्रका दुई प्रहरी नायब निरीक्षक निलम्बित, आचरणविपरीत काम गरेको आरोप

सशस्त्र प्रहरीका दुई प्रहरी नायब निरीक्षक निलम्बनमा परेका छन् । आचरणविपरीत काम गरेको आरोपमा दुईजना प्रहरी नायब निरीक्षक निलम्बनमा परेका हुन् । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदीले ४ कात्तिकमा निर्वाचन सुरक्षा वेस स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याई कार्यालय फर्कने क्रममा गाडी दुर्घटना भएको थियो । सुवेदीले दिएको जिम्मेवारी सही ढङ्गले निर्वाह नगर्दा दुर्घटना भएको र कारबाहीको प्रक्रिया अगाडि बढेको सशस्त्र प्रहरीले जनाएको छ।



सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । त्यस्तै, असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत काम गरेको देखिएकाले सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बहादुर मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार ९:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया