नवलपरासीमा माओवादीका दुई बागीले गरे उम्मेदवारी निष्क्रिय

नवलपरासीमा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी निष्क्रिय बनाएका छन् । नवलपरासी निर्वाचन–१ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले उम्मेदवारी निष्क्रिय बनाएका हुन् ।  

नवलपरासी जिल्ला सहइञ्चार्जसमेत रहेकी बौडेलले सोही निर्वाचन क्षेत्रबाट २०६४ सालमा संविधानसभा निर्वाचन जितेकी थिइन् । ढकाल पार्टीका प्रदेश परिषद सदस्य हुन् ।

विज्ञप्तिमा उनीहरूले गठबन्धन विपरीत कांग्रेसले अनधिकृत रूपमा उम्मेदवार दर्ता गरेकाले पार्टीलाई दबाव दिन र आन्दोलनको रक्षाका लागि उम्मेदवारी दिनु परेको बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार ११:३३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया