logo-img

यस्ता छन् कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका १० संकल्प

नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बद्री पाण्डेले आगामी निर्वाचनका लागि १० संकल्प सार्वजनिक गरेका छन् ।

पाण्डेले राजनीतिक सुधारमार्फत सामाजिक रुपान्तरणमा जोड दिएका छन् । प्रतिनिधिसभाको पूर्ण कार्यकाल, निष्ठावान र नैतिक राजनीतिक नेतृत्व विकास, समृद्धि र नीतिगत स्थायित्वलगायत विषय उनका मुख्य एजेण्डा छन् ।

आफ्नो पहिलो संकल्पमा उनले गृहजिल्लाका समस्याका विषयलाई पनि समेटेका छन् । गुणस्तरीय पूर्वाधार विकास अन्तर्गत साँफे–मार्तडी–कोल्टी सडक स्तरोन्नति, कर्णाली कोरिडोरको स्तरोन्नती, सेती लोकमार्ग निर्माणलाई तीव्रता दिने उनको संकल्प छ । 



विकासका लागि विद्युतीकरणअन्तर्गत राष्ट्रिय प्रसारण लाइन विस्तार, कबाडी खोला जलविद्युत विकासलगायतका केही परियाजना निर्माणमा जोड दिने उनको संकल्प छ । 

पाण्डेले बाजुरामा आधुनिक सेवा र सुविधायुक्त दुईवटा अस्पताल स्थापना र सञ्चालन, वृद्धवृद्धालाई घरमै नियमित स्वास्थ्य परीक्षणको व्यवस्थासहित विद्यमान अस्पतालको क्षमता विकासमा जोड दिएका छन् ।

जडीबुटीको व्यावसायिक खेती विस्तार, एकीकृत कृुषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन, कृषिलाई प्राविधिक र यान्त्रिक सहयोगलगायत योजना उनको संकल्पमा समेटिएको छ । 



एकीकृत बस्ती विकास, महिला दलित विपन्न अपांग र असहाय लक्षित कार्यक्रम, सँगै बसौँ, सँगै अघि बढौँलगायतका कार्यक्रममार्फत सामाजिक विकास र सुशासन कायम गर्ने उनको संकल्प छ । 



  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १५:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया