\
दुई किलो चरेससहित दार्चुला प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दानसिंह धामी रहेका छन् ।
धामी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन एमाले नेता कार्यकर्ता बोकेको गाडीमा सवार थिए ।
लागुऔषध चरेस बोकेर ल्याएको भन्ने विशेष सूचनाका आधारमा आज दिउँसो अपी हिमाल ५ लुम्टी बस्ने ४४ वर्षीय धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
से१ज ६१८ नम्बरको गाडीमा यात्रा गरिरहेका उनलाई चेक जाँच गर्नेक्रममा दुई किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय लटिनाथका इन्सपेक्टर राजेश शाहीले बताए ।
पक्राउ परेका धामीको साथमा लुकाएर राखेको अवस्थामा अझै चरेस रहेको खुलेको तर, कति परिमाणमा चरेस छ भन्ने नखुलेको शाहीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।