'विप्लव' नेतृत्वको नेकपालगायत तीन कम्युनिष्ट पार्टीकाे संघर्षका कार्यक्रम सार्वजनिक

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत तीन कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको विरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेका हुन्।

उनीहरुले निर्वाचनको विरोधमा कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी/बहिष्कारको निर्णय गर्दै उनीहरुले आफूहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन आह्वान पनि गरेका छन् । 

पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले चुनाव बहिष्कार र आन्दोलनमार्फत् सत्ताको विरुद्ध निरन्तर जनक्रान्तिको बाटोमा देशलाई अघि बढाएर जनताको राज्य सत्ता निर्माणमा लाग्ने बताए । 
 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १५:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया