विश्वकप नजिकिँदै गर्दा सेनेगलका स्टार सादियो माने घाइते भएका छन् । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड माने बुन्डेस लिगाअन्तर्गत गए राति वेर्डर ब्रेमेनविरुद्धको खेलमा घाइते हुन पुगेका हुन् ।
घुँडामा चोट लागेपछि १५ मिनेटमै मैदानबाट बाहिरिएका मानेको स्थान लिरोय सानेले लिएका थिए । सर्ज गिनाब्रीको ह्याट्रिकप्ररित उक्त खेलमा बायर्नले ६–१ को फारकिलो जित हात पारेको थियो ।
उनको चोट कति गम्भीर हो भन्ने बारे क्लबले केही जनाएको छैन । यस्तो अवस्थामा उनले विश्वकप गुमाउने सम्भावना पनि बढेको छ ।
समूह ‘ए’ मा रहेको सेनेगलले २१ नोभेम्बरमा नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।