म्यानचेस्टर सिटी कारवाओ कपको चौथो चरणमा

इंग्लिस फुटबल लिग कप (कारवाओ) अन्तर्गत गएराति भएको तेस्रो चरणको खेलमा म्याचेस्टर सिटी विजयी भएको छ ।

ऊ घरेलु मैदान इतिहाद स्टेडियममा चेल्सीविरुद्ध २–० ले विजयी भएको हो । खेलको ५३ औं मिनेटमा रियाद महारेजको गोलमार्फत सिटीले अग्रता लिएको थियो । 

५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गरेपछि घरेलु टोलीले २–० को जित निकाल्यो । यो जितसँगै सिटीले चौथो चरणमा स्थान बनाउँदा चेल्सी बाहिरिएको छ ।

प्रतियोगिताअन्तर्गतकै आ–आफ्नो खेलमा जित हात पार्दै चार्लटन, लिङ्कन सिटी, बर्नमाउथ, एमके डन्स, लेस्टर सिटी, बर्नेली, गिलिङ्घम, उल्भ्स, नोटिङ्घम फरेस्ट, ब्राइटन, ब्ल्याकबर्न रोेभर्स, न्युकासल युनाइटेड र लिभरपुुलले पनि चौथो चरणमा स्थान सुरक्षित गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार ७:१५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया